HEADS NEPAL CENTRAL COMMITTEE GENERAL ASSEMBLY

“दिलो ज्यानले मानवसमुदायकाे सेवा गरौँ”

२०७२ साल जेठ १ गते (उद्घाटन सत्र) र २ गते शनिबार हुने (बन्दसत्र) हेड्स नेपालको २२ औँ वार्षिकोत्सव तथा हेड्स नेपालको केन्द्रीय समितिको आठौँ साधारण सभाको पुनीत शुभ अवसरको खुसियालीमा विश्वभरका आम जनसमुदाय तथा हेड्स नेपालका श्रेष्ठकर, आजीवन, साधारण सदस्यज्यूहरु र संस्थाका संस्थापक, संरक्षक, सल्लाहकार सदस्यज्यूहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । सम्पूर्ण आम मानव समुदायको सुस्वास्थ्य, सफलता र सुखसमृद्धिका लागि हेड्स नेपाल परिवार हामी सबैका आमा र माटोसँग प्रार्थना गर्दछ ।
ज्येष्ठ १ गते शुक्रबारका दिन समुद्घाटन समारेहमा राष्ट्रिय नाचघर जमलमा उपस्थित भइदिनुहुन आम सदस्य तथा जनमानसमा हार्दिक अनुरेध गर्दछौँ । यस खुसियालीमा सबै तह र तप्काका आदरणीय सदस्यज्यूहरु र श्रद्धेय प्रियजनहरुमा विनम्रतापूर्वक निवेदन छ कि सबैले २०७२ जेठ १ गते आआफ्ना घरमा दीपावली गरी Email, Facebook, चिठीपत्रद्वारा शुभकामना आदानप्रदान गर्नुहुन विनम्र निवेदन गर्दछ ।
पुनश्च ः
हेड्स नेपालका विश्वभर विभिन्न पेसा व्यवसायमा कार्यरत आदरणीय दानवीर दाताज्यूहरुले २२ औँ वार्षिकोत्सव तथा आठौँ साधारणसभाको उपलक्ष्यमा बैंक अफ काठमान्डुको खाता नं ०३१४००००१५२४ मा यथाशक्य नगद योगदान गरिदिनुहुनका लागि पनि हार्दिक अनुरोध गर्दछौँ । तपाईंहरुबाट प्राप्त दानदातव्य र योगदान असहायहरुको उपचार, दीनदुःखीहरुको स्वास्थ्य उपचार र तल्लो वर्गका सानाकिसानहरुलाई पारदर्शी ढङ्गले सेवाका लागि तपाईंको नासो यथासमयमा पुर्याउने प्रतिबद्धता जाहेर गर्दछौँ । आजीवन सदस्यता तथा श्रेष्ठकर सदस्यता लिन चाहनुहुनेहरुले पनि यसै खातामा रकम जम्मा गरी जानकारी गराउनुहुन अनुरोध छ ।

सिधा सम्पर्कका लागि

(1) हेड्स नेपाल 014352246
(2) प्रताप राज वन्त (प्रमुख संस्थापक) 9851105440
(3) गणेशमान श्रेष्ठ (संस्थापक सदस्य) 9851088559
(4) रामहरि श्रेष्ठ (संस्थापक सदस्य) 9851023007
(5) खड्क बहादुर श्रेष्ठ (संस्थापक सदस्य) 9741056859
(6) सुमन श्रेष्ठ (संस्थापक परिवार सदस्य) 9851019495
(7) राजकुमार श्रेष्ठ (प्रथम उपाध्यक्ष तथा संस्थापक परिवार सदस्य) 9851087626
(8) दिनेश राज वन्त (कोषाध्यक्ष) 9851098371
(9) बाबुराम दानकुटी (का वा महासचिव) 9841779251
(10) चन्द्रमान श्रेष्ठ (दरौँदी सहकारी प्र का अ) 9851105352
(11) ईश्वरचन्द्र बानियाँ (जालपा सहकारी अध्यक्ष तथा पाँचौँ उपाध्यक्ष हेड्स नेपाल) 9851194440
(12) डा हरिकुमार श्रेष्ठ (तृतीय उपाध्यक्ष तथा प्रमुख रिसर्च एन्ड डेभेलपमेन्ट हेड्स नेपाल) 9843017893
(13) कृष्ण पोख्रेल (द्वितीय उपाध्यक्ष हेड्स नेपाल) 9841489375
(14) राम प्रसाद भन्ताना (चतुर्थ उपाध्यक्ष हेड्स नेपाल) 9851035321
तपाईंहरुको प्रेम, सेवा, सद्भाव र सहयोगका लागि हार्दिक धन्यवाद ।
हेड्स नेपाल परिवार