Bagmati Cleaning Programme

ऐतिहासिक कार्यक्रम – मौका नगुमाऊ…………….
नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलज्युको अगुवाइमा विगत २ वर्षदेखि वागमती सफाइ अभियान सञ्चालन हुँदै आइरहेको विषय हामी सबैलाई अवगत नै छ । आगामी २०७१।१२।२८ गते शनिबार वागमती सफाइ अभियानको १०० औँ हप्ता पूरा भएको अवसरमा वागमती नदी ५६ किलोमिटर दूरीमा मानव साङ्लो बनाई जनचेतना जागरण गर्ने बृहत् कार्यक्रममा हेड्स नेपालका तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय भएकाले सबै सदस्यज्यूहरूलाई तल उल्लिखित मिति, स्थान र समयमा उपस्थित भई एक्यबद्धता जाहेर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
मिति : २०७१/१२/२८ गते शनिवार
समय : बिहान ७:०० बजे
स्थान : प्रसुतिगृह नजिकै थापाथली पुलको मुख, काठमाडौँ ।