ताप्लेजुङ्मा हेड्स नेपालको राहत

डा. हरिकुमार श्रेष्ठ, हेड्स नेपाल ।

ताप्लेजङ नेपालको उत्तरपूर्वी उच्चपहाडी मनमोहक जिल्ला हो, जहाँ तमोर नदी र विश्वकै तेस्रो हिमाल कञ्चनजंघा अन्य हिमचुचुराहरु, घाँसे मैदान, चट्टान तथा पत्थर र घना जंगलले यसको सोभा बढाएको छ । तर यसै जिल्लाको पश्चिमी भागको ६ गा.वि.स.हरु जस्तै खोक्लिङ्, लिवाङ्, लिङ्तेप, थिङ्लाबु, खाम्लुङ् र सान्थाक्रामा जेष्ठ महिनामा गएको पहिरोले बितण्डा मच्चाएर २०० घरधुरी पहिरोको प्रभावमा परी दर्जनौको मृत्यु अनि कैयौँ घाइते बनायो । यसले गर्दा, बैशाख २५, २०७२ तथा त्यसपछिको भूकम्प र पराकम्पनहरुले शोकमग्न बनाएको नेपालमा फेरि चर्को पीडा थपिन पुग्यो । त्यसैले नेपालीको पहिलो पीडाको आँसु सुक्न नपाउँदै फेरि बलिन्द्रधारा आँसु थपिन पुग्यो ।

हेड्स नेपालले विभिन्न सहयोगी हातहरु लिएर पीडाको भुमरीमा पिल्सिएकाहरुलाई आफ्नो औकातले भ्याएसम्म सहयोग गर्दै आएको छ । हालसम्म गोरखा, धादिङ्, नुवाकोट, काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, दोलखाका केही गाउँहरुमा ठूलो सहयोग गर्न नसके तापनि पीडाको घाउमा मलहम पट्टि लगाउने काम गर्दै र मायाको सानो चिनो प्रदान गर्दै आएको छ ।

ताप्लेजुङ्मा पीडा हुँदा देश विदेशको विभिन्न भागमा बस्ने नेपालीलाई पीडा भएको छ । त्यसैले यस पीडाले हेड्स नेपाललाई पनि स्तभ्ध बनायो । हेड्स नेपालका केन्द्रिय अध्यक्ष प्रतापराज वन्त स्वयं पनि निकै नै चिन्तित बन्नुभयो । उहाँले हेड्स प्राकृतिक प्रकोप उद्दार तथा राहत ब्यवस्थापन समितिमा आफू ताप्लेजुङ्को लागि मायाको चिनो बोकी जानको तयार रहेको भन्ने कुरा राख्नु लगत्तै उक्त समितिले प्रतापराज वन्तको नेतृत्वमा संस्थाकै कोषाध्यक्ष विनोद वन्त र राजकुमार अधिकारी गरी तीन सदस्यीय टोली ताईवानका बीरेन्द्र ताम्राकारबाट प्राप्त रु. ३००,०००।– (तीन लाख) र केही सोलार टर्च लाईट बोकी ताप्लेजुङ् जाने निर्णए गरेअनुसार उहाँहरु मिति २०७२ जेष्ठ २५ गते सोमबार काठमाडौँबाट प्रस्थान गरी पाँचथरको फिदिम हुँदै भोलीपल्ट बेलुकी करिब ६ः४५ बजे ताप्लेजुङ पुग्नुभयो । वर्षादको कारण कठिन बाटोमा ज्यान जोखिममा राख्दै यात्रा गरेको सस्मरण गर्दै यो पंक्तिकारसँग हिजो दिउँसो उहाँहरुले कुराकानी गर्नुभएको थियो । यसमा भएका मर्मस्पर्सी तथ्यांक तथा जानकारी उहाँहरुसँगकै अनुभूति र छलफलअनुसार तयार गरिएको हो ।

ताप्लेजुङ् पुगेको भोलीपल्ट जिल्ला प्रशासन कार्यालयमा पहिला फोनमा कुराकानी भएअनुसार विहान प्रजिअ डमरुप्रसाद निरौलाको सक्रिय पहलमा त्यहाँका सहायक प्रजिअ सुरेन्द्र भट्टराई, जिसिअ पूर्णबहादुर दर्जी, सशस्त्र प्रहरी बल र जनपथ प्रहरीका द्वय डिएसपी क्रमश सुधिर सुवेदी र शान्तिराज कोईरालालगायत रेडक्रसका जिल्ला अध्यक्ष गणेश तथा महिला विकास अधिकृत मञ्जुको साथै सम्बन्धित क्षेत्रका ब्यक्तिहरुको उपस्थितिमा हेड्स नेपालले लगेको राहतलाई कसरी ब्यवस्थित रुपले वितरण गर्न सकिन्छ भनी गहन छलफल चल्यो । उक्त राहत वितरण कार्यक्रममा ताप्लेजुङ्का सभासद द्वय डम्बसध्वज तुम्बाहाम्फे र भुपेन्द्रध्वज थेवेको पनि सक्रिय सहयोग भएको थियो ।

नेपाल रेडक्रस सोसाइटिले पनि राहतस्वरुप भरखर पहिरोबाट प्रभावित २०० घरधुरीलाई चामल लैजाने भन्ने कुरा भएकोले हेड्ले दिने सहयोग पनि प्याकेजकै रुपमासँगै दिन उचित ठह¥याइ प्रत्येक घरधुरीलाई हेड्सको तर्फबाट मुसुरो दाल ४ किलो, तेल २ लिटर, नुन २ प्याकेट त्यहीँ सदसमुकाममा खरीद गरियो । यसको साथै हेड्स नेपालले उक्त २०० घरधुरीमध्ये ४० घरधुरीमा सुत्केरी तथा गर्भवती महिला र विस्थापित परिवार भएकोले उनीहरुको लागि प्रति घरधुरी टिसर्ट १ थान, महिलाले लगाउने लुङ्गी १ थान, बच्चाबच्चीको लागि ३ मीटर फलाटिनको कपडा र सोलार टर्च लाईट १ पीसका दरले थप ब्यवस्था पनि गरेको थियो भने त्यहाँ खट्ने कर्मचारी तथा सुरक्षा बल, र पहिरोबाट प्रताठित केही स्थानीय ब्यक्ति गरी थप ४५ जनालाई सोलार टर्चलाइटको ब्यवस्था गरेको थियो । टर्चलाइट भने बीरेन्द्रबहादुर ताम्राकारबाट पहिला नै उपलब्ध गराइएको स्टकबाट लगिएको थियो । त्यसपछि सामग्री ढुवानीको ब्यवस्था समस्या भए तापनि प्रजिअकै पहलमा विश्व खाद्य कार्यक्रमको हेलिकप्टरबाट ढुवानी गरी दुई गाविसको केन्द्र पारी सामग्री पु¥याइयो ।

सामग्री वितरण गरिने स्थानमध्ये हेड्स नेपाल खोक्लिङ् जाने निर्णएभएअनुसार हेड्स टिम जेष्ठ २७ गते हाङ्रुङ्सम्म कष्टकर गाडिको यात्रा र त्यसपछि ३ घण्टा पैदल यात्रापछि बेलुकी ७ बजे खोक्लिङ् पुगेको जानकारी प्राप्त भयो । जेष्ठ २८ गते बिहान ७ बजेतिर प्रधानाध्यापक र रेडक्रसको गाउँ सभापतिको पहलमा त्यहाँका पीडितहरुलाई बोलाइयो । त्यहाँ उपस्थित ब्यक्तिहरु सबैका मलिन अनुहार र सहाराको खोजिमा रुमल्लिएको अवसथा पाइएको कुरा सहजै अड्कल काट्न सकिने थियो भन्ने कुरा कार्यक्रममा सहभागी भइ फर्केका विनोद वन्तले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनको लागि त्यहाँ उपस्थित सुरक्षाकर्मीहरु (सेना, सशस्त्र प्रहरी बल र जनपथ प्रहरी) र स्थानीय कर्मचारी तथा ब्यक्तिको सक्रिय सहभागिता रहेको कुराको पनि जानकारी भयो ।

कार्यक्रम हेड्स नेपालका अध्यक्ष प्रतापराज वन्तको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने सेनाका क्पाप्टेन मीनबहादुर तामाङ, सशस्त्र र जनपथ प्रहरीका द्वय प्रहरी निरीक्षक क्रमश योगहाङ लिम्बु पतंवा र रामेश्वर पण्डित, स्थानीय रेडक्रसका अध्यक्ष र मोति उच्च मा.वि.का प्राचार्यहरु अतिथिको रुपमा रहेको राहत वितरण कार्यक्रम करिब डेढ घण्टामा सफलतापूर्वक सम्पन्न भयो ।

राहत वितरण कार्यपछि पीडितहरुमा उक्त घटनापछि अलिकति भने पनि खुसीले छाएको यो नै पहिलो क्षण रहेछ किनकि यो नै उनीहरुको लागि पहिलो राहत सामग्री रहेछ ।

कार्यक्रमका मन्तब्य राख्ने दुईजना ब्यक्तिभध्ये अतिथि रेडक्रसका अध्यक्ष झरेन्द्रप्रसादले मन्तब्यको क्रममा खोक्लिङ्जस्तो बिकट ठाउँमा आएर हेड्स नेपाल आइ सहयोग पु¥याएकोमा सबैलाई नतमस्तक बनाएको कुरा ब्यक्त गरिएकोले हेड्स नेपाल यस क्षेत्रमा सहयोग गर्ने पहिलो एनजिओ भएको जानकारी पनि ब्यक्त गरियो र भविष्यमा पनि सहयोगको अपेक्षा गरिएको थियो ।

त्यस्तै गरेर, मन्तब्य तथा समापनको क्रममा, कार्यक्रमका अध्यक्षता गर्नुभएको प्रतापराज वन्त त्यहाँको पीडितसँगको त्यस भेटमा निकै नै भावुक तथा स्तभ्ध हुँदै आँखाबाट आँसुका बुँद तप्प तप्प खसेको दृश्यले उपस्थित सबैजना स्तभ्ध भइ सुनसान भएको कुरा कार्यक्रम सञ्चालक हेड्सका कोषाध्यक्ष दिनेश वन्तले बताउनुभयो । आज ताप्लेजुङ् घाइते हुँदा गोरखा, काठमाडौँ, हेड्स नेपाललगायत सम्पूर्ण नेपाललाई दुःखेको छ । हेड्ले ठूलो सहयोग गर्न नसके पनि यो छोँटो समयमा तयार गरिएको मायाको चिनो मात्रै हो र समय र परिस्थितिले साथ दिएमा फेरि पनि यहाँहरुबीच आउनेछौँ भन्नुभएको जानकारी प्राप्त भयो । यसको अलावा राहत कार्यक्रममा सहयोग पु¥याउने सभासदहरु, जिल्ला प्रशासन कार्यालयका प्रमुखलगायत सम्पूर्ण महानुभावमा एकमुष्ट धन्यवाद गरिएको थियो । सुरक्षाकर्मीहरु ज्यानको जोखिम राखी गरेको सहयोग प्रति सुरक्षाकर्मी वास्तविक रुपमै यो देशको गहना भएको कुरा पनि यो पीडासँगैको सहयोगले पुष्टि गरेको छ भन्दै कार्यक्रम समापन गरिएको पाइयो ।

अन्तमा, हेड्स नेपालले छोँटो समयमा गरेको निर्णय र सहयोगले सार्थकता पाएको छ । यो कुरा हेड्स टिम खोक्लिङबाट काम सकेर फर्कंदा बाटोमा भेट भएका राष्ट्रसेवक डा.गोविन्द के.सि.ले पनि हेड्ले यो जिल्लामा गरेको सहयोगले यो संस्था जिल्लाभरी गुञ्जयमान भएको कुरा सुनाउनुभएछ । त्यस्तै गरेर, जिल्लाको सयन्त्रले पनि परिपक्व निर्णय गर्दा छोँटो समयमै विना समस्या वास्तविक पीडितले राहत पाउन सफल भयो जुन कुरा सिनोमाथि गिद्ध झुमेजस्तो गरी राहतको लागि सेवा पु¥याउनुभन्दा पनि लुछाचुँडीमा रम्ने रमितेहरुको लागि दरिलो पाठ सावित भएको छ ।

आशा छ, भविष्यमा वितरण गरिने राहतमा कुनै पनि किसिमको राजनीति खिचातानी, भ्रष्टाचार र लुछाचुँडी नभइ पीडितले पाउनुपर्ने वास्तविक राहत सहज रुपमा समयमै पाउन सकुन् ।